कुशल मल्लको कीर्तिमान तोडेका नामिबियाका लोफ्टी–इटनले चितवनबा...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक संस्था केटीएम सिटीले एन्फा शाेरुम दरबारमार्गमा सञ्चालनमा ल्याएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंहले आज आइतवार एन्फा शाेरुमको उद्घाटन गर्नुभएकाे हाे । शाेरुममा राष्ट्रिय फुटबल टाेलीकाे आधिकारिक जर्सी तथा खेल सामग्री व्यापारिक प्रयोजनका लागि राखिएको छ ।
पहिलो पटक खुला प्रतिस्पर्धाबाट आह्वान गरिएको टेन्डरमा केटीएम सिटीले सर्वाधिक रकम बोलकबोल गर्दै तीन वर्षका लागि राष्ट्रिय फुटबल टाेलीकाे जर्सी र खेल सामग्रीको आधिकारिक प्रायोजक गर्ने सम्झौता गरेको थियो । सम्झौतापछि केटीएम सिटीले पहिलो पटक एन्फा शाेरुम सञ्चालनमा ल्याएको हो ।
उद्घाटनपछि एन्फा अध्यक्ष शेर्पाले केटीएम सिटीसँगको सहकार्यले फुटबल व्यावसायिक हिसाबमा अगाडि बढ्ने बताउनुभयो । केटीएम सिटीका प्रबन्ध निर्देशक निमा नोर्बु लामाले नेपाली ब्रान्ड राष्ट्रिय फुटबल टाेलीकाे मुख्य प्रायोजक बन्न पाउनु र शाेरुम सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
केटीएम सिटीले राष्ट्रिय फुटबल टाेलीकाे स्पोर्ट्स किट्सका साथै शहीद स्मारक 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबलाई मुख्य प्रायोजकका रूपमा सहकार्य गरिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।