नेपालले पपुवा न्युगिनीसँग दुई खेलकाे एकदिवसीय शृङ्खला खेल्ने

 साउन ३२, २०७८ सोमबार १७:१७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालले पपुवा न्यु गिनीसँग सेप्टेम्बर ५ र ८ तारिख अर्थात् भदौ २० र २३ गते खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । 

यो खेललाई आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिदेशीय शृङ्खलाकाे तयारीको रूपमा पनि लिइएको छ । 

सेप्टेम्बरमै नेपालले त्रिदेशीय शृङ्खला खेल्न लागेको हो । शृङ्खलाका लागि नेपालले १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारी सुरु गरिसकेको छ ।

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया