रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै - आईसीसी महिला विश्वकप क्रिकेट छनोट सन् २०२१ जिम्बाबेमा हुने भएको छ ।
छनाेट प्रतियोगिता नोभेम्बर २१ तारिखदेखि ५ डिसेम्बरसम्म हुने आईसीसीले जनाएको छ । गएको जुलाईमा श्रीलङ्कामा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।
क्वालिफायरको शीर्ष तीन टोलीले मार्च ४ तारिखदेखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा हुने आईसीसी महिला विश्वकप सन् २०२२ मा खेल्न पाउने छन् ।
प्रतियोगिताको आयोजक र मितिको टुङ्गो लगाए पनि तालिका भने सार्वजनिक गरको छैन । आईसीसीले केही दिनमै खेल तालिका सार्वजनिक गर्ने जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।