साप्ताहिक शेयर समीक्षा : यो हप्ता शेयरबजारमा के–के भयो ?

 भदौ १५, २०७५ शुक्रबार १८:५२:२८ | ज्याेति दाहाल
unn.prixa.net

काठमाडौं – भदौ महिनाको पहिलो हप्ता भदौरे झरीमा उठेको पानीको फोका जस्तै फुटेको शेयरबजार दोश्रो हप्ताको अन्तिम दिन कारोबार, कित्ता, रकम र कम्पनी सबै घटेर पनि परिसूचक भने केही बढेर बन्द भएको छ । कारोबार रकम गत हप्ता भन्दा ३१ दशमलव ८१ प्रतिशतले घटेको छ । 

यसहप्ता र गएको हप्ताको गतिविधि तालिकामा देखाइएको छ :

 


७ करोड ३९ लाख ६० हजार रुपैयाँ रकमको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक) १ लाख ३२ हजार कित्ताको आधारमा एनएमबी बैंक र ५ सय ८८ कारोबारमार्फत नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेका छन् । रकमको आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक (संस्थापक) पछि नेपाल लाइफ इन्सुरेन्स, एनएमबी बैंक, एनआइसी एसिया बैंक र एनएलजी इन्सुरेन्स क्रमशः रहेका छन् । 

यस हप्ता कुनै पनि कम्पनीका शेयर सूचीकरण भएनन् । 

सूचकको उतारचढाव

साताभरको नेप्से सूचक र नेप्से सूचकलाई प्रभाव पार्ने समूहको उतारचढाव निम्न बमोजिम रहेको छ :


पहिलो दिन आइतबार बजार बन्द भएर सामान्य घटेको सूचक दोस्रो दिन मंगलबार सामान्य बढेको थियो । तेस्रो दिन पनि घट्ने प्रवृत्तिमा रहेर पनि अन्तिम दिन बिहीबार बजार बन्द हुँदा ५ दशमलव ९७ अंकले बढेर बन्द भयो । अघिल्लो हप्ताको तुलनामा ३ दशमलव १९ अंकले बढेको छ ।

समूहगत परिसूचकमा वाणिज्य बैंक समूहको परिसूचक पहिलो दिन घटेर दोस्रो दिन बढ्दै तेस्रो दिन घटेर चौथो दिन बढेर बन्द भएको छ । सातामा ८ दशमलव ५२ अंकले बढेको छ भने अघिल्लो साताको तुलनामा ७ दशमलब ४९ अंकले बढेको छ । नेपाल टेलिकम सूचीकृत अन्य समूह पहिलो दिनको तुलनामा झन्डै १ अंकले बढे पनि अघिल्लो साताको तुलनामा २१ द्यशमलव ७३ अंकले घटेर बन्द भएको छ । ११ गते गाईजात्राको सार्वजनिक विदा परेकोले यस हप्ता शेयर कारोबार ४ दिन मात्र खुलेको थियो । 

सरकारले लाभकर गणना विधिको निर्णय आगामी हप्ता सार्वजनिक गर्नेसक्ने संकेत गरेको छ । हकप्रद र बोनस शेयरमा के कसरी लाभकर गणना गर्ने भन्ने विषयमा कार्यदल बनेर प्रतिवेदन पेश भएको लामो समय बित्दा समेत यस सम्बन्धी निर्णय सार्वजनिक हुन सकेको छैन । कतिपयले भने आर्थिक ऐनले बढाएको ७।५ प्रतिशत लाभकर नै घटाउन लागिएको भन्ने जस्ता प्रचार पनि गरेको पाइएको छ ।

कर लगाउने विषय संसदको भएको हुँदा अहिले नै लाभकरको दर घट्ने छैन । लाभकर कसरी गणना गर्ने भन्ने विषय मात्र भएको हुँदा लाभकर घट्न लागेको भन्ने भ्रम पनि देखिएको छ । साताको अन्तिम दिन सूचक बढ्नुमा यस्तै अफवाहले काम गरेको हुनसक्ने आंकलन समेत गर्न सकिन्छ ।

हकप्रदसम्बन्धी विवरण 

स्वदेशी लघुवित्तले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनको लागि आउँदो २५ गते १ दिन बुक क्लोज गर्ने सूचना सार्वजनिक गरेको छ । कम्पनीको हकप्रदमा सहभागी हुन चाहनेले भदौ २४ गतेभित्र शेयर किनिसक्नुपर्ने छ । चालु रहेका हकप्रद सम्बन्धी विवरण तालिकामा उल्लेख छ :

लाभांश घोषणा 

आर्थिक वर्ष समाप्तीसँगै लाभांश घोषणा हुने क्रम समेत शुरु भएको छ । घोषित लाभांशमध्ये सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम (म्युचुअल फण्ड) रङादी ग्रुप पावर कम्पनीको बुक क्लोज समेत भइसकेको छ । अहिलेसम्म घोषित लाभांश विवरण तालिकामा उल्लेख गरिएको छ । कर प्रयोजनार्थ भन्नाले बोनस शेयरमा लाग्ने कर रकम भन्ने बुझिन्छ । 

मनोनयन र नियुक्ति

कुमारी बैंकमा सञ्चालक समिति फेरबदल भएको छ । संचालक नरेश दुगडको राजीनामापछिको सञ्चालक समितिमा सन्तोषकुमार लामा, डा. शोभाकान्त ढकाल, उत्तमप्रसाद भट्टराई, पुनाराम भण्डारी, बिनोद पहाडी र कृष्णप्रसाद ज्ञवाली रहेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले सुयोग श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

साधारण तथा विशेष सभा 

कम्पनीहरुले साधारण सभा समेत शुरु गर्न थालेका छन् । विशेष प्रस्ताव पारित गर्न विशेष सभा समेत बोलाएका छन् । 

अन्य गतिविधि 

नुवाकोट जिल्ला कार्यक्षेत्र रहेको हाम्रो विकास बैंकलाई ज्योती विकास बैंकमा विलय हुन नेपाल राष्ट्र बैंकले सहमति दिएको छ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले स्थानीय दोलखावासीलाई शेयर आवेदन गर्न भदौ २१ गतेसम्म समय थप गरेको छ । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

ज्याेति दाहाल

अधिवक्ता दाहाल शेयर बजार मामिलामा दख्खल राख्नुहुन्छ । 

तपाईको प्रतिक्रिया