अक्टोबरमा १ लाख २४ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, पाेहो...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – आयरल्यान्डका बलर कर्टिस क्याम्फरले नेदरल्यान्ड्ससँगको खेलमा ह्याट्रिक लिएका छन् । टी–२० विश्व कप २०२१ अन्तर्गत आज सोमवार समूह 'ए' को पहिलो खेलमा आयरल्यान्डका बलर कर्टिस क्याम्फरले ह्याट्रिक लिएका हुन् ।
यो टी–२० विश्व कप २०२१ को पहिलो ह्याट्रिक पनि हो । १० औँ ओभरमा आफ्नो दोस्रो ओभरको बलिङ गरेका क्याम्फरले दोस्रो, तेस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएका हुन् ।
क्याम्फर टी–२० क्रिकेटमा लगाचार चार बलमा चार विकेट लिने तेस्रो बलर पनि बनेका छन् ।
यसअघि राशिद खान र लासिथ मालिङ्गाले यो उपलब्धि हासिल गरिसकेका छन् ।
विश्व कपको पहिलो चरणमा आयरल्यान्ड, नामिबिया, श्रीलङ्का र नेदरल्यान्ड्स समूह 'ए' मा छन् भने बङ्गलादेश, स्कटल्यान्ड, पपुवा न्युगिनी र ओमान समूह 'बी' मा रहेका छन् । दुई वटा समूहका शीर्ष दुई/दुई टोली अन्तिम १२ मा पुग्नेछन् । अन्तिम १२ का खेल आउँदो शनिवारदेखि सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।