अक्टोबरमा १ लाख २४ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, पाेहो...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – च्याम्पियन्स लिगको समूह ‘ए’ को खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आरबी लाइपजिगलाई ३–२ ले हराएको छ । पीएसजीका लागि अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले २ तथा किलीयन एमबाप्पेले एक गोल गरे ।
एमबाप्पले खेलको नवौं मिनेटमा गोल गरेका थिए । तर २८ औं मिनेटमा लाइपजिगका आन्द्रे सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । दोस्रो हाफको ५७ औं मिनेटमा लाइपजिगका नोर्दिक मुकिएलेले गोल गरी अग्रता बनाए । तर ६७ औं मिनेटमा मेस्सीले गोल गरी खेलमा बराबर गरे । त्यस्तै ७४ औं मिनेटमा पीएसजीले पेनाल्टी पायो । पेनाल्टीमा मेस्सीले थप गोल गरेका थिए । पीएसजीले इन्ज्युरी समयमा अर्को पेनाल्टी पाएको थियो । तर एमबाप्पेले गोल गर्न सकेनन् । जितसँगै पिएसजी अंक तालिकाको शीर्षस्थानमा छ । उसको ३ खेलमा ७ अंक छ ।
समूहको अर्को खेलमा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ५–१ ले हरायो । सिटीको ३ खेलमा ६ अंक तथा क्लब ब्रुगको ४ अंक छ । आरबी लाइपजिग ३ खेलमा अंक विहीन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।