अक्टोबरमा १ लाख २४ हजार जनाभन्दा धेरै पर्यटक नेपाल आए, पाेहो...
कात्तिक २०, २०८१ मंगलबार
काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ । लिभरपुलले १० खेलाडीमा सीमित एट्लेटिकोलाई हराएको हो ।
लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले एक गोल गरे । एट्लेटिकोका लागि दुवै गोल ग्रिजमनले गरे । दोस्रो हाफको ५२ औं मिनेटमा ग्रिजमनले रोबर्टो फिर्मिनोलाई फउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । जितपछि समूह ‘बी’ मा अपराजित लिभरपुलको ३ खेलबाट ९ अंक भएको छ ।
एट्लेटिको ४ अंकका साथ दोस्रो स्थानमा छ । समूह ‘बी’ को अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले इटालियन क्लब एसी मिलानलाई १–० ले हराएको छ । पोर्टोका लुइस डियासले गरेको गोल नै निर्णायक बन्यो । जितपछि पोर्टो ४ अंक जोडेर तेस्रो स्थानमा छ । लगातार तेस्रो हार बेहोरेको मिलान अंकविहीन छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।