सर्लाहीमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप भएपछि गाेली चल्याे

 मंसिर १२, २०७८ आइतबार १९:२३:४१ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको बलरा नगरपालिका ९ अचलगडमा नेपाली कांग्रेसको वडा अधिवेशन स्थलमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । 

सीताराम निमावि पुगेका नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर २ का महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री वीरेन्द्रकुमार सिंहसहितको समूह र अर्को समूहबीच झडप भएको थियो । झडपमा मन्त्री सिंहको सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मी र अर्का एक कार्यकर्ता घाइते भएका हुन् । 

दुई पक्षीय झडपका क्रममा प्रहरीले हवाई फायर पनि गरेको छ । झडपपछि अधिवेशन स्थगित भएको मतदान अधिकृत हरिश्चन्द्र ठाकुरले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया