'कोका-कोला' ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो ...
बैशाख १४, २०८१ शुक्रबार
धनुषा – धनुषाको मिथिला नगरपालिकाबाट लागुऔषध १५ किलो गाँजासहित एकजनालाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका १ बस्ने ५९ वर्षका बासुदेवप्रसाद महतो थारु रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ९ बडहरीबजार नजिकको तराई निजीवनको कार्यालय छेउको गल्ली बाटोबाट दुईवटा प्लास्टिकको बोरामा तरकारी भण्टा र हरियो खुर्सानीसँगै प्लास्टिकमा लुकाई राखेको १५ किलो ७ सय ग्राम गाँजा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गाँजा एउटा बसबाट ओरालेर बडहडी खोलातर्फ लैजाँदै गर्दा शंकाको आधारमा खोजी गर्दा फेला परेको हो । गाँजासहित पक्राउ परेका थारुलाई थप अनुसन्धानसँगै कारवाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।