यी २ वटा औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावमा उम्मेदवारले गरेको खर्चबारे सुक्ष्म अनुगमनकर्ताले विवरण सङ्कलन गरिरहेको जनाएको छ ।
चुनाव सकिएपछि उम्मेदवारले पेस गर्ने खर्च विवरणको वास्तविकता र विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकाले आयोगले सुक्ष्म अनुगमनकर्ता खटाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । उम्मेदवारले बुझाउने चुनावको खर्चको विवरण र अनुगमनकर्ताले खटाएको विवरण हेरेर परीक्षण गरिने उहाँले बताउनुभयो ।
आयोगले चुनावमा भएको सम्पूर्ण खर्चको विवरण तोकिएको ढाँचामा राख्नुपर्ने, कुनै दल वा उम्मेदवारले चुनावमा गरेको जम्मा खर्च तोकिएको खर्चको रकमको हदभन्दा धेरै हुन नहुने, चुनावको खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव परिणाम घोषणा भएको मितिले ३० दिनभित्र ताेकिएकाे कार्यालयमा पेस गर्नुपर्ने भनेको छ ।
पालिका चुनावमा प्रचारप्रसारका क्रममा भएको आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्त्वपूर्ण क्रियाकलापको सम्बन्धमा सुक्ष्म रूपमा अनुगमन गरी खर्च विवरणसमेत गोप्य रूपमा पठाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई पनि निर्देशन दिइएको आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।