गाेरखामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

 बैशाख २७, २०७९ मंगलबार १२:५४:० | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । 

गएराति चुनाव प्रचारप्रसारबाट फर्किँदै गर्दा स्याम्चेत भन्ने ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएकाे हाे । 

झडपमा एमाले कार्यकर्ता गोपाल लामा, विक्रम लामा, विर्खे लामा र राजुबहादुर लामा घाइते भएका हुन् । उनीहरुमध्ये गोपाल लामा र विक्रम लामाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरु दुवैको आँखा र टाउकोमा चोट लागेको छ । 

झडपमा संलग्नहरु फरार रहेको र उनीहरुकाे खाेजी भइरहेको प्रहरी चौकी मान्बुले जानकारी दिएको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया