बाबुराम भट्टराईको गृहनगर पालुङटारमा एमाले र जसपाले चुनावी तालमेल गर्ने

 बैशाख २७, २०७९ मंगलबार १६:४:३८ | किरण लोहनी
unn.prixa.net

नेता भट्टराई चुनावी प्रचारका क्रममा पालुङटारमा

गोरखा – गोरखाको पालुङटार नगरपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले चुनावी तालमेल गर्ने भएका छन् । नगरपालिकाको मेयरमा एमालेले जसपालाई र उपमेयरमा जसपाले एमालेलाई सहयोग गर्ने गरी दुई पार्टीबीच सहमति भएको हो । 

एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पालुङटारकाे मेयर र उपमेयरसहित पाँच वटा वडामा तालमेल गर्ने सहमति भएको जनाएका छन् । सम्झाैताअनुसार पालुङटारका १० वटा वडामध्ये वडा नम्बर ६, ७ र १० मा जसपाले नेकपा एमालेलाई सहयोग गर्नेछ भने वडा नम्बर ४ र ५ मा एमालेले जसपालाई सघाउनेछ । 

नेपाली कांग्रेससँग सहमतिको प्रयास गरेको जसपाले मेयरमा कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने गरी उपमेयर पदको उम्मेदवारी वैशाख १६ गते नै फिर्ता लिएको थियो । तर कांग्रेससँगको तालमेलको प्रयास वैशाख २१ गते असफल भएको थियो । 

एमालेबाट पालुङटारको मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठक उम्मेदवार छन् । जसपाबाट मेयरमा प्रेम गुरुङ उम्मेदवार हुनुहुन्छ । जिल्लाका अन्य पालिकामा पनि सम्भव भएसम्म तालमेल गरी चुनावमा जाने दुई पार्टीबीच सहमति भएको छ । 

पालुङटार जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको गृहनगर हो । भट्टराई एक हप्तादेखि पालुङटार केन्द्रित भएर चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया