गोरखाको एक मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ

 बैशाख २८, २०७९ बुधबार १५:१३:३३ | किरण लोहनी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गाेरखा – गोरखाको गण्डकी गाउँपालिका ६ काे तोमनडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् । 

आज बुधवार सर्वदलीय बैठक चलिरहेका बेला मतदान केन्द्र प्रवेश गरेका स्थानीय युवक मनोज गुरुङ खुकुरीसहित पक्राउ परेका हुन् । मतदान केन्द्रभित्रको बेञ्चमा बसिरहेका बेला प्रहरीले शङ्का लागेर झोलामा हेर्दा खुकुरी फेला परेको मतदान अधिकृत अशोककुमार श्रेष्ठले बताउनुभयो । उनलाई मतदान केन्द्रको सुरक्षामा खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेका गुरुङ कांग्रेस निकट तरुण दलको कार्यकर्ता रहेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया