महिला कर्मचारी मात्रै भएकाे गाेरखाकाे बालमन्दिर मतदान केन्द्र

 बैशाख २९, २०७९ बिहिबार १४:१५:१८ | किरण लोहनी
unn.prixa.net

गाेरखा - पालिका चुनावमा गोरखाको एउटा मतदान केन्द्रमा महिला कर्मचारीहरु मात्रै खटाइएकाे छ । 

गोरखा नगरपालिका-६ को बालमन्दिर मावि छहरे मतदान केन्द्र महिला कर्मचारीहरु मात्रै रहनुभएकाे छ। त्यहाँ मतदान अधिकृतसहित सबै कर्मचारी महिला मात्रै रहेका सहायक निर्वाचन अधिकृत रामचन्द्र केसीले बताउनुभयो ।

यस मतदान केन्द्रमा ५ जना महिला कर्मचारी खटाइएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गाना मतदान अधिकृत र गोरखा नगरपालिकाकी अधिकृत जानुका कुँवर सहायक मतदान अधिकृत रहनुभएको छ । 

दुई जना सहायक कर्मचारीमा जिल्ला अदालतकी नायब सुब्बा सुष्मा अधिकारी र जिल्ला प्रशासन कार्यालयकी नायब सुब्बा सिर्जना श्रेष्ठ तथा कार्यालय सहयोगीमा जिल्ला अदालतकी कालीका ओली रहनुभएको छ । यस मतदान केन्द्रमा ९ सय ८० जना मतदाता रहेका छन् ।

मतदान केन्द्रमा सुरक्षाकर्मी पनि महिला नै खटाइएको जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले बताउनुभयो । प्रहरी सहायक निरीक्षक सिर्जनाकुमारी सेनको नेतृत्वमा ८ जना महिला प्रहरी खटिएका छन्, जसमा ३ जना नेपाल प्रहरी र ५ जना म्यादी प्रहरी रहेका छन् । 

मतदान अधिकृत ढुङ्गानाले यसप्रकारको प्रयासले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले २०७४ सालको संसदीय चुनावमा भक्तपुरको एक मतदान केन्द्रको अधिकृत भएर काम गरेको अनुभव सुनाउनु भयाे । 

उहाँले भन्नुहुन्छ, ‘महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान केन्द्रको यो अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ जस्तो लाग्छ।’

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया