काठमाण्डाैकाे मेयरका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

 वैशाख २९, २०७९ बिहीबार १७:२५:३१ | रासस
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने हुनुभएको छ । 

सत्ता गठबन्धनको तर्फबाट कामपाको मेयरका लागि उम्मेदवारी दिनुभएको सिंहले कामपाको वडा नम्बर १६ काे युवक माविबाट मतदान गर्ने बताइएकोे छ । नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेदवारी दिनुभएका स्थापितले वडा नम्बर २८ काे पद्यकन्या क्याम्पस केन्द्रबाट मतदान गर्नुहुने जनाइएको छ  ।   

विवेकशील साझाबाट कामपाको मेयरमा उम्मेदवारी दिनुभएको समीक्षा बास्कोटाले कामपा वडा नम्बर ३१ काे भ्याली भ्यु मतदान केन्द्र र स्वतन्त्रबाट प्रमुखकै उम्मेदवारी दिनुभएका बालेन्द्र साह (बालेन) ले वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँकाे अन्नपूर्ण केन्द्रबाट मतदान गर्नुहुने बताइएको छ । भाेलि शुक्रवार हुने पालिका चुनावमा कामपाको लागि एक सय ५६ केन्द्र र तीन सय ६३ मतदान स्थल तोकिएको छ ।   

त्यसैगरी गठबन्धनकै तर्फबाट उपमेयरमा उम्मेदवारी दिनुभएका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले वडा नम्बर १२ र एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिनुभएको सुनिता डङ्गोलले वडा २१ बाट मतदान गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया