छोराले आमाको भाेट हाल्ने विषयमा विवाद हुँदा गाेरखामा झडप

 बैशाख ३०, २०७९ शुक्रबार १०:५१:२१ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग मावि मतदान केन्द्र 'ख' मा छोराले आमाकाे भाेट हाल्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । अहिले मतदान स्थगित गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको मतदान अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले सेना घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया