सप्तरीमा २ वटा केन्द्रको मतदान स्थगित

 वैशाख ३०, २०७९ शुक्रबार १६:५६:१ | रासस
unn.prixa.net

सप्तरी – सप्तरीको डाकेश्वरी नगरपालिका २ मा रहेकाे जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको मतदान आज शुक्रवारका लागि स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न भइ स्थानीयवासीले मतदान अधिकृत विपीन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत तोडफोड गरेकाले मतदान स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिनुभयो ।
    
निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाइ पुनः मतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयअनुसार मतदान स्थगित गरिएको उहाँले बताउनुभयो ।    

मतदानमा सहभागी राजनीतिक दलको बैठकले मतदान अधिकृतले मतदाताको इच्छा विपरीत छाप लगाएको आरोप लगाउँदै मतदान स्थगित गर्ने निर्णय गरेको थियो । निर्णयमा मतदान अधिकृतले जसपाको चुनाव चिह्नको साटो नेपाली कांग्रेसको चुनाव चिह्नमा मत दिएको भन्दै स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले मतदान स्थगित गर्ने सर्वसम्मति निर्णय भएको थियो । त्याे निर्णयमा एमाले, कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी सहभागी थिए  । 
    
विवाद हुँदा ‘क’ केन्द्रमा एक सय ३६ मत र ‘ख’ केन्द्रमा एक सय ६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो । कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजमा रहेकाे छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । अशक्त महिलाले इसारा गरेकै ठाउँमा आफूले सोधेर रुख चिह्नमा छाप लगाएको मतदान अधिकृत यादवले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया