गोरखाको ताराखसे मतदान केन्द्रमा तनाव, प्रहरीको गोली लागेर स्वयंसेवक घाइते

 बैशाख ३०, २०७९ शुक्रबार १८:२१:३४ | किरण लोहनी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिका–२ को ताराखसे मतदान केन्द्रमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेवक मनिषा थापा घाइते हुनुभएको छ । थापाको तिघ्रामा गोली लागेको छ ।

मतदान केन्द्रमै प्राथमिक उपचार गरेपछि उहाँलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डाै पठाइएको मतदान अधिकृत निश्चल बस्नेतले बताउनुभयो ।

‘साढे ४ बजेतिर सामान्य रुपमा मतदान चलिरहेका बेला २/३ जना केटाहरु बाहिरबाट दौडिएर आएर उम्मेद्वारका प्रतिनिधिलाई पिट्न थाले’ बस्नेतले भन्नुभयो, ‘त्यसको १० मिनेटमै स्थिति सामान्य बनाएर मतदान शुरु गरेका थियौं, बाहिर होहल्ला गर्दै गेटमा हिर्काउने, तारजाली भत्काउने जस्ता काम हुन थाल्यो, हामीले कर्मचारी बाहेक सबैलाई बाहिर निकालेर मतपेटिका र मतदान सामग्री सुरक्षित गर्‍यौं ।’

त्यही बीचमा प्रहरीले भीड नियन्त्रणमा लिन चलाएको गोली स्वयंसेवक थापालाई लागेको उहाँको भनाइ छ । घटनास्थलमा अहिले नेपाली सेना पुगेको छ । ताराखसेको केन्द्र क मा १ हजार ३६ मतदाता रहेकोमा ७ शय ३ मत खसेको छ, केही मतदाता भोट हाल्न लाइनमा बसिरहेका बेला तनाव उत्पन्न भएको बस्नेतले जानकारी दिनुभयो । ख केन्द्रमा पनि १ हजार ३६ मतदाता रहेकोमा ६ शय ६८ मत खसेको छ । मतदान कार्यक्रम कसरी अघि बढाउने भन्नेबारे पालिकाका निर्वाचन अधिकृत र दलका प्रतिनिधिहरुबीच छलफल भैरहेको मतदान अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया