अख्तियारका अनुसन्धान अधिकृतलाई नै घुस दिन खोज्ने प्रशासकीय अध...
पुस २५, २०८१ बिहिबार
सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ । डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदानस्थलमै आज बसेको बैठकले स्थगित भएको मतदान आइतबार बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो ।
‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब उपरीक्षक श्यामशर्मा पौडेल घटनास्थल पुग्नुभएको छ ।
मतदानस्थलमा उहाँहरुको उपस्थितिमा बसेको सर्वदलीय बैठकले उत्पन्न कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय भएको हो । अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिह्नमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको थियो ।
मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक काफ्लेले बताउनुभयो । घटनाका बेला ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसेको थियो ।
आइतबार पुनःनिर्वाचन गर्ने निर्णयमा निर्वाचनमा सहभागी राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, मतदान केन्द्र ‘ख’का मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, मतदान केन्द्र ‘क’का सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवसमेतको उपस्थिति रहेको छ ।
राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत मतदान अधिकृत यादवले दलका प्रतिनिधिको निर्णयअनुसार आफूले अशक्त महिलाले औँलाले देखाएकै रुख चिह्नमा छाप लगाएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।