गोरखा नगरपालिकाकाे मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार १६:२१:१४ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका कृष्ण राना मगर र उपमेयरमा कांग्रेसकी मसली माया थोकर विजयी हुनुभएको छ । 

रानाले आठ हजार नाै सय ६४ प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका राजनराज पन्तले सात हजार एक सय आठ मत प्राप्त गर्नुभयो । २०७४ सालको पालिका चुनावमा मेयरमा पदमा पन्त निर्वाचित हुँदा राना एक हजार पाँच सय ३४ मतले पराजित हुनुभएको थियो । पाँच वर्षपछि उनै रानाले पन्तलाई एक हजार आठ सय ५६ मत अन्तरले हराउनुभएकाे हाे । 

यस्तै उपमेयरमा विजयी कांग्रेसकी थोकरले सात हजार चार सय ५३ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का नारायण खत्रीले ६ हजार सात सय १८ मत प्राप्त गर्नुभयाे । 

पालिकाकाे मेयर र उपमेयर पदमा माओवादी केन्द्र र जसपाले तालमेल गरेका थिए । १४ वडा रहेको गोरखा नगरपालिकामा कांग्रेसले १, २, ९, १०, १२ र १३ नम्बर वडाको अध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले ४, ७, ८, ११ र १४ नम्बर वडाकाे अध्यक्ष जित्दा एमालेले ३ र ५ नम्वर वडाको अध्यक्ष जितेको छ । वडा नम्बर ६ को अध्यक्षमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया