काठमाण्डौ उपत्यकामा मनाइयो नेपाल संवत् (तस्वीरहरु)
कात्तिक १७, २०८१ शनिबार
काठमाडौं – नेपाल आयल निगमको थानकोट डिपोले शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा इन्धन वितरण सुरु गरेको छ ।
मुलुकी अपराध संहिताको विरोधमा चालकहरुले ट्यांकर नचलाएपछि डिपोले अाफ्नै पहलमा पम्पहरुमा इन्धन वितरण सुरु गरेको हो । डिपो प्रमुख भरत रेग्मीका अनुसार चक्रपथ बाहिरका पेट्रोल पम्पमा पहिलो चरणमा पेट्रोलियम पदार्थ वितरण गरिएको हो ।
‘डिजलको माग भएका क्षेत्रमा हामीले पहिलो प्राथमिकता राख्यौं’, उहाँले भन्नुभयो, ‘यसले लामो दूरीका सवारी साधनलाई डिजल भर्न सजिलो हुने विश्वास छ ।’ उहाँका अनुसार बिहीबार साढे पाँच लाख लिटर पेट्रोल वितरण गरिएको छ ।
सामान्य समयमा ६ लाख लिटर पेट्रोलको माग हुने तर सवारी चालकको हड्तालका कारण ढुवानीमा कमी आएको प्रमुख रेग्मीले जानकारी दिनुभयो । काठमाडौंका डिपोबाट तेल ढुवानी नभए पनि काठमाडौंमा भने नियमित तेल आयात भएकाले भण्डारणमा केही समस्या नआएको रेग्मीले बताउनुभयो ।
रेग्मीका अनुसार डिपोबाट अन्य वितरण केन्द्रमा पेट्रोलियम पदार्थ ढुवानी भैरहेकाले उपभोक्ता आत्तिनुपर्ने अवस्था आउने छैन । चालकको हड्तालका कारण समस्या आएकाले त्यो समस्या समाधान हुने वित्तिकै सामान्य अवस्था आउने रेग्मीको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।