अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोभिड-१९ को सङ्क्रमण

 साउन १५, २०७९ आइतबार ११:१३:४१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेरि कोभिड-१९ को सङ्क्रमण देखिएको छ ।

७९ वर्षीय राष्ट्रपति बाइडेनको शनिवार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका डाक्टरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

फेरि कोभिडको सङ्क्रमण देखिएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमै आइसोलेशनमा बस्नुभएकाे खबरमा उल्लेख छ ।  उहाँलाई जुलाई २१ तारिख अर्थात साउन ५ गते पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उहाँले आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

गएको मङ्गलवार र शुक्रवारको बीचमा चार पटक परीक्षण गर्दा राष्ट्रपति बाइडेनको नतिजा नेगेटिभ आएको थियो । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डाक्टरले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया