गोरखा–२ बाटै उम्मेदवार बन्छु : बाबुराम भट्टराई

 भदौ १८, २०७९ शनिबार १७:२७:४६ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदाे प्रतिनिधि सभा चुनावमा गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवार बन्ने बताउनुभएको छ । गृह जिल्ला गोरखामा शनिवार पत्रकारसँगको कुराकानीमा उहाँले यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएकाले आफ्नो दाबटी स्वाभाविक रहेको बताउनुभएको हो ।

गठबन्धन दलमा पनि यसअघिको चुनावमा जितेको ठाउँ त्यही पार्टीलाई दिने मोटामोटी सहमति भइसकेको भट्टराईको भनाइ छ । गठबन्धन दलमात्रै नभइ गोरखा–२ मा आफू सबै पार्टीको साझा उम्मेदवार बन्ने प्रयासमा रहेको पनि उहाँले बताउनुभयो । आउँदाे चुनावमा विजयी भएमा गोरखालाई विकासको मोडलको रूपमा अघि बढाउने पनि आफ्नो चाहना रहेको भट्टराइको भनाइ छ । 

नेपाल समाजवादी पार्टी गोरखाले पनि भट्टराईलाई याे क्षेत्रबाट सर्वसम्मत उम्मेदवारकाे रूपमा सिफारिस गर्ने तयारी गरेको छ । सो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा उम्मेदवार बन्न चाहनेहरूको नाम शनिवार सङ्कलन गरेको थियो । जसमा निर्वाचन क्षेत्र नम्बर २ बाट भट्टराईको मात्रै दाबी परेको छ । 

२०७४ सालको प्रतिनिधि सभा चुनावमा पनि भट्टराई यही क्षेत्रबाट विजयी हुनुभएको थियो । उहाँले नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ६ हजार आठ सय ७४ मतान्तरले पराजित गर्नुभएको थियो । वाम गठबन्धनका उम्मेदवार श्रेष्ठले २४ हजार नाै सय ३३ मत ल्याउँदा नेपाली कांग्रेसको समेत समर्थनमा उम्मेदवार बन्नुभएका भट्टराईले ३१ हजार आठ सय सात मत ल्याउनुभएको थियो । यो पटक भने भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनावमा जाने सहमति गरिसकेको छ । माओवादी केन्द्रले नेता श्रेष्ठलाई पनि यही क्षेत्रबाट उम्मेदवार बनाउन प्रस्ताव गरेको छ । 

कुराकानीकै क्रममा भट्टराईले नेकपा माओवादीसँग पार्टी एकता गर्नेसम्मको छलफल भइ नसकेको बताउनुभयो । आउँदाे चुनाव लगत्तै सैद्धान्तिक र राजनीतिक विषयमा छलफल हुने र सम्भव भए बृहत् समाजवादी अभियान सुरु गर्ने आफ्नो सोचाइ रहेको उहाँको भनाइ छ ।

अर्को प्रसङ्गमा उहाँले चोलेन्द्रशम्शेर राणाले महाअभियोग सुनुवाइ समितिमा दिएको कतिपय बयान तथ्यमा आधारित नभएको बताउनुभयो । बालुवाटार जग्गा प्रकरणमा आफ्नो समेत संलग्नता रहेको भनेर राणाले दिएको अभिव्यक्ति झुटो भएको उहाँको दाबी छ । यद्यपप चोलेन्द्र प्रकरणले राज्यका संयन्त्रहरूमा निकै भ्रष्टाचार छ भन्ने तथ्य भने उजागर गरेको भट्टराईले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया