लिगलिगकोट–गोरखा दरबार म्याराथनमा नेपाली सेनाका तीर्थबहादुर पहिलो

 भदौ २५, २०७९ शनिबार १६:५२:५८ | किरण लोहनी
unn.prixa.net

गोरखा  - प्रसिद्ध ऐतिहासिक स्थल लिगलिगकोटदेखि गोरखा दरबारसम्मको म्याराथनमा नेपाली सेनाको भवानी दल गणका तीर्थबहादुर तामाङ प्रथम भएका छन् ।

आज भएको लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुल्ला म्याराथन दौड प्रतियोगितामा निर्धारित ४० किलोमिटरको दूरी ३ घन्टा ११ मिनेट १ सेकेण्डमा पूरा गर्दै तामाङ पहिलो भएका हुन्। उनले नगद १ लाख ५० हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे । 

यस्तै भारतीय सेना अनिश थापा मगर द्वितीय भए । निर्धारित दूरी ३ घन्टा १२ मिनेट १७ सेकेण्डमा पार गर्दै उनले नगद १ लाखकासाथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  यस्तै, निर्धारित दूरी ३ घन्टा १५ मिनेटमा पार गर्दै नेपाली सेनाको बरखगणका मोहनदेव जोशी तृतीय भए। उनले नगद ७५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगितामा नेपाली सेनाको चण्डीप्रसाद गणका देवराज महत्तरा चौथो, नेपाली सेनाकै भिमकाली गणका गोविन्द कार्की पाँचौँ, सोलुखुम्बु महाकुलुङ्ग १ का अर्जुन राई कुलुङ्ग छैटाैँ, महेन्द्र दल गणका थमबहादुर अधिकारी सातौँ, गोरखाको सिरानचोक गाउँपालिका-५ का अशोक बराम आठौँ, भुपुसैनिक रैबतबहादुर दाहाल नवौँ र महावीर सौर्यगणका विमल खड्का दशौंँ भए । 

प्रतियोगितामा चौथो, पाँचाैँ, छैटाैँ, साताैँ, आठौँ, नवाैँ र दशौँ स्थान हासिल गर्ने खेलाडीले क्रमशः नगद ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताका उत्कृष्ट १० खेलाडीलाई प्रमुख अतिथि नेपाली सेनाका मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथि बाबुराम श्रेष्ठले पुरस्कार प्रदान गर्नुभएकाे हाे। गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ९२ जना सहभागी थिए । प्रतियोगितामा लिगलिगकोटदेखि चित्रेपोखरी, छोप्राक, चोरकाटे, छेबेटार, पस्लाङ चौतारो हुँदै गोरखा दरबारको हनुमान भञ्ज्याङसम्मको दूरी तय गरिएको थियो ।

४ सय ६३ वर्ष पहिले लिगलिगकोटका राजा द्रव्यशाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उहाँले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर २०७६ सालदेखि म्याराथन सुरु गरिएको थियो ।

कोभिडका कारण यसअघिका दुई वर्ष यो प्रतियोगिता हुन सकेकाे थिएन । 
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया