सल्यानमा जीप दुर्घटना हुँदा घाइते भएकामध्ये ५ जना नेपालगञ्ज रेफर

 असोज १५, २०७९ शनिबार ११:५९:३१ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - सल्यानमा जीप दुर्घटना हुँदा घाइते भएकामध्ये ५ जनालाई नेपालगञ्ज रेफर गरिएको छ । १७ जना घाइतेमध्ये गम्भीर घाइते भएका ५ जनालाई जिल्ला अस्पताल सल्यानबाट नेपालगञ्ज रेफर गरिएको हो ।

गम्भीर घाइते हुनेहरुमा जीप चालक अर्जुन बुढामगर, भूमि पुन, जङ्गबहादुर पुन, अनिता पुन र उहाँका ६ वर्षका छोरा जीवन पुन रहेका प्रहरीले जनाएको छ । अन्य १२ जनाको जिल्ला अस्पताल सल्यान र जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ । आज बिहान भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा १४ वर्षका एनका पुन र ३९ वर्षका मानबहादुर पुनको ज्यान गएको प्रहरीले जनाएको छ । सल्यानको कुमाख गाउँपालिका–७ जिमालीबाट खैराबाङ भगवती मन्दिर दर्शनका लागि जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप जिमालीमा दुर्घटना भएको हो।

यसअघि गएको मङ्गलवार राति सल्यानको कपुरकोट गाउँपालिका मूलपानी नजिकै जीप दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया