सप्तरीबाट वैदेशिक रोजगारीका लागि जाने बढे, ठगी पनि बढ्यो

 जेठ २३, २०७५ बुधबार १६:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ २३ – सप्तरीबाट विदेश जाने बढेका छन् । सप्तरी सामुदायिक विकास केन्द्रले स्थापना गरेको वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श केन्द्रको तथ्याङ्कले विदेश जानेहरु बढेका देखाएको हो । 

जसका कारण विदेश धेरै जानेको सङ्ख्याका आधारमा सप्तरी पाचौं स्थानमा पुगेको छ । चालु आर्थिक वर्षमा झण्डै १३ हजार जना विदेशिएको केन्द्रका प्रमुख रामप्रमेश मण्डलले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष ०७३/०७४ सम्म जिल्लाबाट ७७ हजार ५ सय चार जना वैदेशिक रोजगारीमा गएका छन् । केन्द्रका संयोजक मण्डलका अनुसार सवैभन्दा धेरै मलेसिया ३३ हजार २ सय ५२ जना गएका छन् । यस्तै कतार १७ हजार ३९, साउदी अरबमा १६ हजार ६ सय ८१, युएई २ हजार ७ सय ९७, कुवेत १ हजार ९ सय ४२, बहराइनमा १ सय ६४, जोड्न १ सय ९६ र अन्य देशमा २ हजार ४ सय ५९ जना वैदेशिक रोजगारीमा गएका छन् ।

विदेश जानेको सङ्ख्या बढेसँगै ठगिनेहरु पनि बढेका छन् । केन्द्रमा आर्थिक वर्ष २०७१÷७२ देखि अहिलेसम्म १ हजार ३ सय ८९ जनाले ठगिएको भन्दै निवेदन दिएका छन् । तीमध्ये ८ सय १८ वटा घटना स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीय स्तरमै छलफल गरी समाधान गरिएको केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया