नवौं राष्ट्रिय खेलकुद : बुद्धिचालमा आर्मीकी सुजनालाई दोस्रो स्वर्ण, खुलातर्फ आर्मीकै जयसवाल विजयी

 कात्तिक १, २०७९ मंगलबार १८:२:४३ | किरण लोहनी
unn.prixa.net

गोरखा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भइरहेको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले दोस्रो स्वर्ण पदक जितेकी छन् ।

मंगलवार भएको ब्लिट्ज राउण्डको महिलातर्फको नौ वटै खेलमा अपराजित रहँदै उनले स्वर्ण पदक जितेकी हुन् ।

यसअघि सोमवार सकिएको क्लासिकल राउण्डको महिलातर्फ पनि लोहनीले स्वर्ण पदक प्राप्त गरेकी थिइन् ।

यस्तै नेपाल पुलिस क्लबकी पूर्णिमा गुरुङले रजत तथा त्रिभुवन आर्मीकी सिन्दिरा जोशीले कास्य पदक जितेका छन् ।

ब्लिट्ज राउण्डको खुलातर्फ पनि त्रिभुवन आर्मी क्लबकै रुपेश जयसवालले स्वर्ण पदक जितेका छन् ।

त्यसै स्पर्धामा नेपाल पुलिस क्लबका क्षितिज भण्डारीले रजत र त्रिभुवन आर्मी क्लबका सजिन महर्जनले कास्य पदक जितेका छन् ।

मंगलवार र बुधवार र्यापिड राउण्डका खेलहरु हुनेछन् । यसपछि ६ वटै विधाका स्वर्ण, रजत र कास्य पदक विजेताको टुंगो लाग्ने बुद्धिचाल प्रतियोगिताका मुख्य निर्णायकमध्येका एक दिपेश गिरीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया