गोरखाको अश्राङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो

 कात्तिक ५, २०७९ शनिबार ७:४७:१६ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको भिमसेन थापा गाउँपालिका–६ अश्राङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

अश्राङको ओख्लेपानी–तान्द्राङखोला ग्रामीण सडकको अल्केटारमा ना ६ त ५८६९ नम्वरको ट्रयाक्टर हिजो बेलुका दुर्घटना हुँदा चालक त्यहि ठाउँका २० वर्षका सुनिल भट्टको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदनाथ भण्डारीले जानकारी दिनुभयो । धान पराल ओसारिरहेको ट्रयाक्टरमा चढेका अरु केही घाइते भएका र अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया