गोरखा अस्पतालका डाक्टरलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

 कात्तिक १२, २०७९ शनिबार १७:५१:४६ | किरण लोहनी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

गाेरखा – गोरखा अस्पतालका मेडिकल अफिसर डाक्टर अविनाश पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गएको कात्तिक छ गते ओपिडीमा काम गरिरहेका पराजुलीलाई हातपात गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर–९ का २८ वर्षका समीर कुँवर, १९ वर्षका अनुप बस्नेत र गोरखा नगरपालिका वडा नम्वर–३ का २६ वर्षका प्रमोदजंग कुँवर रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सार्वजनिक बिदा सकिएपछि म्याद थप गरि कारबाही प्रक्रिया अघि बढाइने जिल्लाका प्रहरी प्रमुख एसपी केदार खनालले बताउनुभयो । थाइराईडको नियमित परीक्षणका लागि आएकी एक महिलालाई डाक्टर पराजुलीले यसअघि परीक्षण गरिएको रिपोर्ट ल्याउन भनेको तर बाहिर निस्किएकी ती महिलाले युवा बोलाएर कुटपिट गराएको डाक्टर पराजुलीको भनाई छ । गोरखा अस्पतालले किटानीसहित उजुरी दिएको थियो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया