गोरखा-२ का उम्मेदवार टीकादत्त पोखरेल एक सयौँ जन्मदिन मनाउँदै

 कात्तिक १४, २०७९ सोमबार ११:४३:१३ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका उम्मेदवार टीकादत्त पोखरेलले एक सयौँ जन्मदिन मनाउनु भएको छ । उहाँको जन्म १९८० साल कार्तिक १४ गते भएको हो।

उहाँ नेपाली कांग्रेस वीपीबाट प्रतिनिधि सभाको उम्मेदवार हुनुहुन्छ । त्यही क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पुष्पकमल दाहाल पनि उम्मेदवार हुनुहुन्छ । नागरिकलाई नागरिक जस्तो बनाउन एक सय वर्षको उमेरमा पनि उम्मेदवार बन्नुपरेको उहाँको भनाइ छ।

आफू कांग्रेसकै कार्यकर्ता भए पनि पछिल्लो समय सभापति शेरबहादुर देउवाको गतिविधि पार्टीको पक्षमा नदेखिएको पोखरेलको गुनासो छ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया