गोरखा बजार नजिकै भएको ट्र्र्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

 कात्तिक २२, २०७९ मंगलबार ७:३१:४६ | किरण लोहनी
unn.prixa.net

गाेरखा - गोरखा नगरपालिका–८ बराहमन्दिर नजिकै सोमवार राति भएको ट्र्र्याक्टर दुर्घटनामा चालकको ज्यान गएकाे छ । 

ग १ त ४८७८ नम्बरको ट्र्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालक आरुघाट गाऊँपालिका मान्बु घर भइ गोरखा नगरपालिका–५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा अस्पतालले थप उपचारका लागि चितवन रेफर गरेकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदराम भण्डारीले बताउनुभयो । सहचालक गोरखा नगरपालिका–८ घर भएका ४३ वर्षका खुसबहादुर थापाको अवस्था सामान्य छ । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया