भारतले अन्तरिक्षमा पठाएको काउलीको बिउमा टुसा पलायो
पुस २१, २०८१ आइतबार
काठमाण्डाै – शेयरबजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । तर धितोपत्र बजार क्रमशः विस्तार हुने क्रममा छ ।
सरकारको सहजीकरण एवं नयाँ कानूनी प्रावधानका कारण साधारण शेयर (आईपीओ) बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको सङ्ख्या मात्रै हेर्ने हो भने साधारण शेयर बिक्री गर्न चाहने ३६ वटा कम्पनी छन् । ती कम्पनीले बिक्री गर्ने शेयरको मूल्य मात्रै १५ अर्ब नौ करोड सात लाख १८ हजार रुपैयाँ बराबरको छ ।
साधारण शेयर बिक्री गर्न लागेका कम्पनीमध्ये २६ वटा कम्पनी जलविद्युत् क्षेत्रका छन् । नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत् क्षेत्रका कम्पनीको सङ्ख्या झण्डै चार दर्जन बराबर पुगेको छ । पछिल्ला दिनमा लगातार जलविद्युत् क्षेत्रमा लगानी विस्तार भएको सन्दर्भमा साधारण शेयर बिक्री गर्न चाहने कम्पनीको सङ्ख्यामा वृद्धि हुनु पनि स्वभाविक नै छ ।
मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेका हुन् ।
यस्तै रिलायवल लाइफ इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, सर्वोत्तम सिमेन्ट, सोनापुर मिरल्स, नेपाल रिपब्लिक मिडिया, डिस मिडिया नेटवर्क, हाथवे इन्भेष्टमेन्ट, ट्रेड टावर, सिटी होटल, घोराही सिमेन्टले पनि साधारण शेयर बिक्रीको तयारी गरेका छन् ।
बोर्डका अनुसार बीपीडब्ल्यु लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था पनि साधारण शेयर बिक्रीको प्रतिक्षामा छन् । चालु आवको हालसम्म मात्रै बोर्डले विभिन्न पाँच कम्पनीको एक अर्ब चार करोड ६५ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर बिक्रीको अनुमति पाइसकेको छ । तीमध्ये केही कम्पनीले साधारण शेयर बिक्री गरिसकेका छन् ।
पछिल्लोपटक मात्रै पिपल्स हाइड्रोपावर कम्पनीको साधारण शेयर बिक्री सुरु गरेको छ । कम्पनीले सर्वसाधारण, स्थानीयवासीका लागि तीन अर्ब २० करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्ने गरी बोर्डबाट अनुमति पाएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।