प्रेमलीलामा दीपशिखाको रोमान्स भारतीय कलाकारसँग

 असोज १७, २०७५ बुधबार २०:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - चलचित्र प्रेमलीलाको फस्टलुक सार्वजनिक गरिएको छ ।

चलचित्रमा भारतबाट नेपाल घुम्न आएका युवा र नेपाली युवतीबीच भएको  प्रेम र त्यसक्रममा आइपर्ने उतारचढावहरुलाई चलचित्रको कथाका रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । 

चलचित्रमा दीपशिखा खड्का, भारतीय मोड अलि खान, सुरज तमु, प्रभाकर शर्मा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । 

चलचित्रको निर्देशन जनक पाण्डेले गरेका हुन् । चलचित्रको कथा चलचित्रकी नायिका दीपशिखाले नै लेखेकी हुन् । उनले यसअघि पनि केही चलचित्रहरुमा अभिनय गरिसकेकी छन् । तर पनि उनी दर्शकमाझ चिनिन सकेकी थिइनन् ।

त्यसैले नायिका दीपशिखा आफ्नो डेब्यु चलचित्र प्रेमलीला नै भएको बताउँछिन् । यस चलचित्रबाट भने दर्शकको माया पाउने कुरामा उनी विश्वस्त छिन् ।

चलचित्रमा दीपशिखाले कपाल मुन्डन गरेकी छिन् । आफ्नो कपाल मुण्डनले चलचित्रलाई विशेष बनाएको र चलचित्र फरक धारबाट निर्माण गरिएको उनको भनाई थियो ।

चलचित्र प्रेमलीला माघ २५ गतेबाट अल नेपाल प्रदर्शन गर्ने गरी काम अघि बढिरहेको बताइएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया