गोरखामा मतपेटिका सङ्कलनकाे काम चल्दै, चुमनुब्रीको मतपेटिका हेलिकप्टरबाट ल्याइने

 मंसिर ४, २०७९ आइतबार २०:२४:३२ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखामा मतपेटिका सङ्कलनकाे काम सुरु भएकाे छ । चुमनुब्री गाउँपालिकाको २२ केन्द्रका मतपेटिका ६ ठाउँमा केन्द्रित गर्ने र अन्य पालिकाका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम सु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

चुमनुब्रीको मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट सदरमुकामसम्म ल्याइने छ । सामागाउँ र नामरुङमा नजिकका आठ वटा मतदान केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ भने चुम्लिङ र झुङमा नजिकका छ वटा केन्द्रको मतपेटिका सङ्कलन गरिनेछ । यस्तै घुम्मत र सल्लेरीमा नजिकका आठ वटा केन्द्रको मतपेटिका सङ्कलन गरी तीन पटकको उडानमार्फत जिल्ला सदरमुकाम ल्याउने गरि नेपाली सेनाको हेलिकप्टर माग गरिएको आयोगले जनाएको छ । 

अन्य पालिकाको मतपेटिका भने स्थलमार्गबाट गणना स्थलसम्म ल्याइँदै छ । गोरखा क्षेत्र नम्बर १ को मतगणना स्थल जिल्ला समन्वय समितिमा बनाइएको छ भने क्षेत्र नम्बर २ को मत निर्वाचन अधिकृतको कार्यालय दलभञ्ज्याङमा गणना गरिनेछ । 

मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक गर्ने र त्यही बैठकको निर्णयका आधारमा मतगणना सुरु गर्ने तयारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताउनुभयो । त्यस क्षेत्रका सबै केन्द्रको मतपेटिका आइतवार रातिसम्ममा सङ्कलन गरिसक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । तर निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका सङ्कलनमा भने ढिलाे हुने देखिएको छ । दुर्गमको चुमनुब्री गाउँपालिकाका मतपेटिका सङ्कलनमा समय लाग्ने भएकाले त्यस क्षेत्रको गणनामा ढिलाइ हुने देखिएको हो । 

मतपेटिका सङ्कलन भइसकेपछि पहिलो चरणमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने योजना रहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया