गोरखाका धाँधली भएका भन्दै पुनः मतदान गराउन एमालेको माग

 मंसिर ५, २०७९ सोमबार ७:४१:१३ | किरण लोहनी
unn.prixa.net

गाेरखा - नेकपा एमाले गोरखाले जिल्लाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ। जिल्ला सचिव काजीराम रोकाले विज्ञप्ति निकालेर निर्वाचन क्षेत्र नम्बर १ र २ का विभिन्न केन्द्रमा मृतक तथा तत्काल अनुपस्थित रहेकाहरुको नामबाट समेत मतदान गरिएको पाइएको भन्दै चनाव स्वतन्त्र र निष्पक्ष हुन नसकेको दाबी गर्नु भएको छ।

ती केन्द्रमा सत्ता गठबन्धनका मतदान प्रतिनिधिहरुले अन्य उम्मेदवारका प्रतिनिधिलाई हातपात गर्ने लगायतका अवाञ्छित गतिविधि गरेका पनि विज्ञप्तिमा दाबी गरिएको छ। विन्द्रावती मावि मसेलका ३ वटा केन्द्र, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा केन्द्र, आरुघाट गाऊँपालिका-१ मान्बुका केही मतदान केन्द्र, सौरपानीको हिमालय मावि केन्द्र, ताकुकोटको सूर्यज्योती मावि केन्द्र, धार्चे गाऊँपालिका-३ को पार्वती आधारभूत विद्यालय केन्द्रमा पुनः मतदान गर्न एमालेको विज्ञप्तिमा माग गरिएको छ।

ती केन्द्रहरुमा मतदानका क्रममा भएको अवाञ्छित गतिविधिहरुको निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ। मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले केही केन्द्रमा निष्पक्ष रुपमा चुनाव हुन नसकेको भन्दै कार्यालयमा निवेदन प्राप्त भएको बताउनुभयो। केन्द्रमा खटिएका कर्मचारी लगायतसँग बुझेर यसबारे निर्क्याेल गर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया