प्रचण्डको निर्वाचन क्षेत्र गोरखा–२ मा मतगणना सुरु हुँदै

 मंसिर ५, २०७९ सोमबार १८:३४:२० | किरण लोहनी
unn.prixa.net

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को उम्मेदवारी रहेको गोरखा क्षेत्र नम्बर २ मा मत गणना सुरु गर्न लागिएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ९ को दलभञ्ज्याङस्थित भू तथा जलाधार व्यवस्थापन कार्यालय, कार्यक्रम कार्यान्वयन इकाईको भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गर्न लागिएको हो । अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गर्न लागिएको निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

यो क्षेत्रको प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष सहित १२ जना तथा प्रदेश सभा १  र २ मा ७÷७ जना उम्मेदवार रहेका छन् । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ १ लाख ५ हजार २४० जना मतदाता रहेकोमा करिब ५१ प्रतिशत मत खसेको बताइएको छ ।

क्षेत्र नम्बर २ मा ९३ मतदान स्थल तथा १ सय ४६ मतदान केन्द्र रहेका छन् । क्षेत्र नम्बर २ का ६ वटा मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गरेका दल र उम्मेद्वारहरु पनि मतगणनामा भने सहभागी भएका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया