गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

 मंसिर ७, २०७९ बुधबार १७:१७:४५ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल १५ हजार ४ सय ५७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर थापाले ९ हजार ८ सय २२ मत प्राप्त गर्नुभयो । 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ क मा ६० हजार ७ सय ४४ मतदाता रहेकामा ३० हजार ७ सय ४६ मत खसेको थियो । खसेकोमध्ये १ हजार २ सय ६ मत बदर भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । 

गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा नन्दप्रसाद न्यौपाने विजयी हुनुभएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार न्यौपानेले १६ हजार २ सय ६५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका मोहनप्रसाद भट्टराईले ७ हजार ५ सय ३३ मत पाउनुभयो । 

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा ५४ हजार ६ सय ५३ मतदाता रहेकामा २९ हजार ६ सय ८६ मत खसेको थियो ।   

यस्तै गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा पनि गठबन्धनकै उम्मेदवार नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी हुनुभएको छ । उहाँ १२ हजार ४ सय ११ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका राजु रानाले ५ हजार ४ सय १० मत पाउनुभयो । 

क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा ५० हजार ३ सय ७६ मतदाता रहेकामा २६ हजार ४ सय ७७ मत खसेको थियो । 

क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ । पाण्डेले १६ हजार ८ सय ८२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका वसन्तकुमार गुरुङले ५ हजार ७ सय ६७ मत प्राप्त गर्नुभयो । 

क्षेत्र नम्बर २ को प्रदेश (ख) मा ५४ हजार ८ सय ६४ मतदाता रहेकामा २७ हजार ३ सय २७ मत खसेको थियो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया