कांग्रेस नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमला...
पुस २०, २०८१ शनिबार
काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिक अवधिमा नेपालको वैदेशिक व्यापार घाटा चार खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले यो अवधिमा कूल पाँच खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये पाँच खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको तथा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको देखिन्छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ६८ र निर्यातको हिस्सा नौ दशमलव ३२ प्रतिशत बराबर हो ।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कूल वैदेशिक व्यापार १९ दशमलव ७९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा नेपालको कूल वैदेशिक व्यापार सात खर्ब ३२ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ पुगेको थियो । त्यस्तै गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आयात १८ दशमलव शून्य आठ प्रतिशत र निर्यात ३३ दशमलव ३० प्रतिशतले घटेको छ ।
प्रथम चौमासिकमा नेपालले छिमेकी मुलुक भारतसँग मात्र दुई खर्ब ८३ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ । यो अवधिमा नेपालले भारतबाट तीन खर्ब २२ अर्ब १८ करोड रुपैयाँ बराबरको आयात गरेको छ भने ३८ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।