आगलागी र डढेलोबाट नागरिकलाई जोगाउन मानव अधिकार आयोगको आग्रह
बैशाख १७, २०८१ सोमबार
बझाङ – बित्थडचिर गाउँपालिका वडा नम्बर २ को कार्यालयको सेवा प्रवाह प्रभावकारी नभएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयमा निर्वाचित जनप्रतिनिधि नआउँदा सेवा लिन कठिन हुने गरेको बित्थडचिर २ का स्थानीयवासी तथा पूर्व वडा सदस्य रणबहादुर बोहराले बताउनुभयो ।
‘वडा कार्यालयमा वडाध्यक्षदेखि वडा सदस्य कोही पनि आउँदैनन्’, उहाँले भन्नुभयो, ‘कार्यालयमा वडाध्यक्ष नहुँदा सामान्य सिफारिसमा हस्ताक्षरकै लागि दुई–तीन दिन कुर्नुपर्ने हुन्छ । यदि तत्काल गर्नुपर्ने काम छ भने अध्यक्षको घर पुग्नुपर्छ । कि त अध्यक्ष कहाँ छन् ? भनेर खोज्नुपर्छ ।’ यस विषयमा पालिकाका प्रमुखलाई जानकारी गराइसकेको बोहराले बताउनुभयो ।
वडा सचिव शिवलाल साउदले कार्य व्यस्तताका कारण केही समयदेखि कार्यालयमा अध्यक्ष नआएको स्वीकार्दै भन्नुभयो, ‘निर्वाचित भएको केही समय त वडा कार्यालयका आउनु हुन्थ्यो । तर केही समयदेखि कार्यालयमा उपस्थित हुनुभएको छैन । मैले सिफारिसलगायतका कागजपत्रमा हस्ताक्षर गर्न मिल्दैन । आफूबाट हुने काम त चाँडै गरिदिन्छु । तर अध्यक्ष नभएका कारण केही समय लाग्ने गरेको छ ।’
वडा कार्यालयबाट वडाध्यक्षको होटलसम्म पुग्न अटोमा ८० रुपैयाँ भाडा लिने हुँदा सामान्य सिफारिसका लागि आउजाउ गर्दा एक सय ६० रुपैयाँ भडामात्रै तिर्नुपरेको सेवाग्राहीको गुनासो छ ।
यसबारेमा वडाध्यक्ष मानबहादुर बोहराले यी सबै कुराहरू झुटो भएको र आनावश्यक आरोप लगाएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही काम विशेष भएमा वा बाहिर जिल्ला जानुपरेको खण्डमा कार्यवाहक जिम्मेवारी दिएर जान्छु नभए म नागरिकको साथमा नै हुन्छु । अब कहिले काँही त घरको काम पर्छ । काम नगरेर खान पुग्दैन । त्यसैले कहिलेकाँही त्यस्तै महत्त्वपूर्ण काम छ भने घरको काम गर्छु नभए वडा कार्यालयमा नै पुगेर काम गर्दै आएको छु ।’
आफूले वडा कार्यालयको काम र सेवाग्राहीको कामलाई पहिलो प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ छ । अध्यक्ष बोहराले आफू वडा कार्यालयमा बस्दै आएको बताए पनि सेवाग्राही भने त्यो कुरा सही नभएको बताउँछन् । निर्वाचित भएको नौ महिना पुग्दासम्म वडाध्यक्षलाई वडामा कार्यक्रम भएको दिनबाहेक अन्य दिन नदेखेको उनीहरूको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
टेक बोहरा
Jan. 2, 2023, 9:15 a.m.तपाइले लेखेको समाचार १०२ % झुटोहो किनकि कार्यालय र वडाधयक्ष को घर ५० मिटरको दुरिमा छ अनि को फटाहा हो त्यो कुरा तपाइलाइ भन्ने त्यो पनि पहिलेको जन प्रतिनिधि हो उसलाई सोध्नुकि तपाईं कति दिन अफिसमा हाजिर हुनु हुन्थयो भनेर अनि थाहा हुन्छ कस्तो भुमिका थियो तपाइको भनेर सोध्नु होला नत्र मलाइ सोध्नु धन्यबाद