बर्दियाको ठाकुरबाबाका किसानहरूलाई झन्डै २४ लाख रुपैयाँ बराब...
पुस १७, २०८१ बुधबार
काठमाण्डौ – भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ ।
बिहारको विद्युत् आपूर्ति प्रणालीमा सोमवार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो ।
‘बिहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको झन्डै तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ । जस कारण ठूला उद्योगहरूलाई बिहान र बेलुकाको पिक समयमा लोड कटौती गरेका छौँ’, प्रवक्ता भट्टराईले भन्नुभयो । प्राधिकरणले ठूला उद्योगलाई पिक समयमा उद्योग नचलाउन भने पनि मझौला र साना उद्योगमा भने विद्युत् आपूर्ति भइरहेको उहाँको भनाइ छ ।
ठूला उद्योगमा बेलुका र बिहानको समय गरेर झन्डै आठदेखि नौ घण्टा विद्युत् कटौती गर्नुपरेको पनि भट्टराईले जानकारी दिनुभयो । ‘अहिले ८० देखि एक सय मेगावाटसम्म बिजुली अपुग भएपछि ठूलो उद्योगको पिकआवरको लोड काट्नुपरेको हो । भारतीय पक्षले मर्मतका लागि अझै तीन–चार दिन लाग्छ भनेको छ’, उहाँले भन्नुभयो ।
प्राधिकरणका अनुसार अहिले नेपालको कुल विद्युत् माग झन्डै ३१ हजार एक सय ७७ मेगावाट घण्टा बराबर छ । यो माग पूर्ति गर्नका लागि विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीमार्फत झन्डै ११ हजार मेगावाट घण्टा र निजी क्षेत्रबाट १० हजार चार सय मेगावाट घण्टा बिजुली आपूर्ति भइरहेको छ । त्यस्तै अहिले नौ हजार दुई सय ७४ मेगावाट घण्टा बिजुली भारतबाट आयात भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।