नेता–कार्यकर्ता देशको समस्या समाधान गर्न लाग्नुपर्छ : अध्यक्ष नेपाल

 चैत १७, २०७९ शुक्रबार २०:४:२० | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको स्कुल विभाग झापाको आयोजनमा भद्रपुरमा आज शुक्रवारदेखि सुरु भएको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष नेपालले देशको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।’ 

देशको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको जिकिर गर्दै उहाँले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिनुभयो ।

पुराना पुस्ताबाट अब युवा पुस्ताले जिम्मेवारी लिनुपर्ने बताउँदै उहाँले युवा पुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई नेपालले सुझाव दिनुभयो ।

पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिनुभएको थियो । शनिवार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया