काठमाण्डौ उपत्यकामा मनाइयो नेपाल संवत् (तस्वीरहरु)
कात्तिक १७, २०८१ शनिबार
काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाइतमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट उहाँले टीका र जमरा ग्रहण गर्नुभएको हो । त्यसैगरी उहाँले काका जयन्त पाण्डेको हातबाट पनि टीका र जमरा ग्रहण गर्नुभयो ।
त्यसअघि राष्ट्रपतिले हनुमानढोकामा रहेकाे दशै घरका मूल पुजारी देवराज अर्यालको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका जमरा ग्रहण गर्नुभएको थियो ।
राष्ट्रप्रमुखलाई दसैं घरका मूल पुजारीले दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाइदिने परम्परा छ । टीका ग्रहणका बेला मंगल धुन बजाइएको थियो ।
आफूले टीका जमरा लगाएपछि राष्ट्रपति भण्डारीले आफ्ना छोरी ज्वाईंलाई टीका र जमरा लगाइदिनुभएको थियो । त्यसैगरी परिवारका अन्य सदस्यलाई पनि टीका र जमरा लगाइदिनुभयो ।
राष्ट्रपति भण्डारीले अपरान्ह १ बजे प्रधानमन्त्रीलाई र अपरान्ह ३ बजे पछि सर्वसाधारणका लागि टीका लगाइदिँदै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।