राेल्पाकाे पर्यटकीय क्षेत्र जलजलाको विकास हुँदै

 कात्तिक ७, २०७५ बुधबार १३:४७:४५ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा – हालै सरकारले मुलुकभित्रका सय वटा पर्यटकीय गन्तव्यको विकास गर्ने कार्यक्रम अन्तरगत रोल्पाको जलजला पनि परेपछि यहाँका स्थानीय हर्षित बनेका छन् ।

रोल्पा धार्मिक, साँकृतिक तथा प्राकृतिक रुपले पर्यटन क्षेत्रको सम्भावना बोकेको जिल्ला भएर पनि सरकारले यस्को विकासमा चासो नदिएको भन्दै यहाँका स्थानीयले केही समयअघिसम्म गुनासो गरिरहेका थिए ।

पर्यटन प्रवर्द्धनका लागि सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई समेत केन्द्रमा राखेर ल्याएको कार्यक्रम अन्तरगत जलजला क्षेत्रको विकास हुने भएपछि आन्तरिक तथा बाह्य पर्टक भित्राउन सकिने भन्दै स्थानीयहरु हर्षित बनेका हुन । 

जलजलाको वनस्पति र वन्यजन्तुको बारेमा देश विदेशका पर्यटकलाई देखाउन सकेमा यहाँको पर्यटन प्रवद्र्धन हुने स्थानीय दिनेश आचार्यको भनाई छ । 

जलजला क्षेत्र एउटा उदाहरण भएता पनि जिल्लामा पर्यटकहरुका लागि सडक र आवासको राम्रो सुविधा नहुँदा स्वर्गद्घारी महाप्रभुको जन्मस्थल रुन्टी गाउँ, सुनका कणहरु भेटिने सुनछहरी झरना, मनै लोभ्याउने शिव गुफा, गुरुङ गाउँ होमस्टे, बिबाङ दह लगायतका पर्यटकीय स्थलहरु भने अझै 

ओझेलमा परेको अर्का स्थानीय शेर बहादुर थापाले बताउनुभयो । 

‘कम्तीमा पनि यहाँको जलजला, रुन्टीगाउँ र चतुर्भुजलाई एउटा गुरुयोजना बनाएर विकास गर्न सकेमा धार्मिक पर्यटक भित्राउन सकिन्छ’ उहाँले भन्नुभयो, ‘त्यसका लागि जिल्लामा स्तरीय होटलदेखि पर्यटकको आवासका लागि पूर्वाधार बन्न आवश्यक छ ।’

यता स्थानीय सरकारले पनि जिल्लाको आर्थिक समृद्धिका लागि पर्यटन विकासमा जोड दिएको बताएको छ ।

जिल्लाको समृद्धिको पहिलो आधार भनेको कृषि भएता पनि दोस्रो आधार पर्यटन नै भएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको भनाई छ । 

‘जिल्लाको जलजलालाई मुख्य केन्द्र बनाएर यस्ता विभिन्न पर्यटकीय क्षेत्रको पहिचान गरी तिनको विकास गर्न हामीले योजना बनाएका छौं ।’

‘नेपाल भ्रमण वर्ष २०२०’का लागि २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य अनुरुप स्थानीय सरकार पनि लागि परेको उहाँको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया