युक्रेनमा बिजुली आपूर्ति बन्द गर्ने स्लोभाकियाको चेतावनी
पुस १३, २०८१ शनिबार
काठमाण्डाै - वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छिन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पुजारीको सुरक्षामा राखिएको छ ।
मच्छिन्द्रनाथको ठूलो रथ र मीननाथको सानो रथसँगै रहेका मूर्ति चोरी नहोस् भनेर सुरक्षाका लागि छ जना सुरक्षाकर्मी खटिएका जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी सहायक निरीक्षक रोहन महर्जनले जानकारी दिनुभयो ।
रथारोहनको सुरुको दिनदेखि मुख्य पुजारी सुरोजन शाक्य (जलपानेजु), सहायक पुजारी भीमरत्न शाक्य (खल पानेजु) सहित चार सहयोगी रथको सुरक्षा तथा पूजापाठका लागि खटिनुभएको छ ।
मच्छिन्द्रनाथको रथ सुरक्षा तथा पूजापाठका लागि खटिएका सहयोगी स्वर्णिम महर्जनका अनुसार यदि कुनै कारण रथ दुर्घटना भएमा मूर्तिलाई अरूले छुन नमिल्ने हुँदा सहयोगीले मूर्तिलाई सुरक्षित साथ राख्न सहयोगीको आवश्यकता परेको हो ।
साइतअनुसार करिब दुई महिनाभन्दा बढी चल्ने रातो मच्छिन्द्रनाथको जात्रा अहिले केही दिनयता लगनखेलको थती टोलमा रोकिएको छ । थति टोलमा पूजापाठ गर्न भक्तजनको बिहान र बेलुका भिडभाड हुने गरेको छ ।
पुजारीको सहयोगका लागि खटिएका अर्का सहयोगी सुजल बज्राचार्यका अनुसार प्रत्येक वर्ष पुजारी परिवर्तन हुन्छन् र दुई पुजारीको सहयोगका लागि खटिएका चार सहयोगीले धुप बाल्ने, प्रसाद दिने र लिनेलगायतका कार्य गर्छन् ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएको छ । साइतअनुसार अहिले लगनखेलको थती टोलमा रोकिएको मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट यही जेठ ८ गते पश्चिमतिर तानेर जावलाखेल पुर्याइनेछ ।
रातो मच्छिद्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो जात्रा हो ।
जावलाखेलमा पुर्याएर भोटो देखाएपछि मच्छिन्द्रनाथलाई सानो खटमा राखेर बुङ्गमती पुर्याएपछि जात्रा समापन हुन्छ । पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यस जात्राको सुरुआत गराएको किंवदन्ती रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।