सीमा पारि गएर आलु प्याज किनेजस्ताे गाडी किन्न सकिन्नँ : अर्थमन्त्री महत

 जेठ २९, २०८० सोमबार १६:५:३८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा पारि गएर आलु प्याज किने जसरी गाडी खरिद गर्न नसकिने भन्दै करका दरसम्बन्धीका सूचना चुहाएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताउनुभएको छ । 

आउँदाे आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको सामान्य छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले विद्युतीय गाडीमा निर्धारण गरिएको करका दरसम्बन्धी सूचना चुहावट भएकाले बजेट अगाडि धेरै गाडी आयात भए भन्नुको कुनै अर्थ नभएको बताउनुभयो । अहिले आयात भएका एक हजार तीन सय  गाडीमध्ये ९० प्रतिशत गाडीको प्रतितपत्र (एलसी) चैतमै खुलेको पनि उहाँको दाबी छ । 

'करको दर परिवर्तन गर्ने प्रस्तावसम्बन्धी छलफल बजेट आउने अघिल्लो दिन रातिमात्र हुने र याे समयमा भन्सार बन्द हुने गरेको छ, हरेक वर्ष बजेट भाषण अगाडि भन्सारबाट धेरै सामान आयात हुन्छ, तथ्याङ्कले नै यो पुष्टि गर्छ, राजश्व तिर्ने क्षमता भए नाकामा रोकिएका सामान पनि यही समयमा भित्रिने गरेको छ', उहाँले भन्नुभयो ।

विद्युतीय गाडी प्रवर्द्धन गर्नकै लागि नेपालमा सार्क देशमै सबैभन्दा कम कर लगाइएको उहाँकाे दाबी छ । सार्क देशमा विद्युतीय गाडीमा लाग्ने पैठारी महसुल दर नेपालको तुलनामा धेरै रहेको उहाँले बताउनुभयो ।

भारतमा अनएसेम्बल अवस्थाका गाडीमा ३५ प्रतिशत, ४० हजार अमेरिकी डलरसम्मका लागि ६० प्रतिशत र त्यसभन्दा बढी मूल्यको हकमा १०० प्रतिशत छ । पाकिस्तानमा ५० प्रतिशत, बङ्लादेशमा सबै प्रकारको कर गरेर करिब ९० प्रतिशत र श्रीलङ्कामा ५० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार र प्रतिकिलोवाट १५ हजार अन्तःशुल्क लाग्ने व्यवस्था रहेको मन्त्री महतले बताउनुभयो ।

अन्तिम अपडेट: पुस १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया