सोलुखुम्बुमा तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटना, हेलिकप्टरविहीन बन्याे मनाङ एअर

 कात्तिक ९, २०८० बिहिबार ११:४३:३६ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - सोलुखुम्बुमा तीन महिनामा मनाङ एअरका दुई वटा हेलिकप्टर दुर्घटनामा परे । मनाङ एअरले असार २६ गते र असोज २७ गते भएको हेलिकप्टर दुर्घटनामा दुई जना पाइलट गुमायाे।

गएकाे असाेज २७ गते शनिवार साेलुखुम्बुको लाेबुचेमा मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँकाे हिजाे बुधवार ज्यान गएकाे हाे । मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेर घाइते हुनुभएका सेढाईँकाे भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

यस्तै, यसअघि असार २६ गते सोलुखुम्बुकै लामाजुरामा भएको मनाङ एअरकै हेलिकप्टर दुर्घटनामा पाइलट चेतबहादुर गुरुङको ज्यान गएकाे थियाे । मनाङ एअरको ९ एन–एएमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परि पाइलट गुरुङसहित ६ जनाको ज्यान गएकाे थियाे । मेक्सिकन नागरिकहरू सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिकको ज्यानले दुर्घटनामा ज्यान गुमाएका थिए।

तीन महिनामै दुई वटा हेलिकप्टर दुर्घटनामा परेपछि अहिले मनाङ एअर हेलिकप्टरविहीन भएको छ  । उसको उडान प्रमाणपत्र (एअर अपरेटर सर्टिफिकेट) समेत नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ ।

मनाङ एअरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताउनुभयो । प्राधिकरणले मनाङ एअरको वस्तुस्थितिकाे समीक्षा गरेपछि कम्पनी खारेज गर्ने वा निलम्बन फुकुवा गर्ने भन्ने निर्णय हुने भुलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया