देशका धेरै ठाउँमा आंशिक बदली : पर्सि रातिदेखि फेरि पानी प...
पुस १०, २०८१ बुधबार
रुकुम पूर्व - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
रुकुम पूर्व पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा नागरिकको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
कार्यालय प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्रीले नागरिकको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिनुभयो ।
प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमासाथ दिन आग्रह गर्नुभयो । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज त्यहाँ पुग्नुभएको हो ।
यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुग्नुभएको छ । प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।