१९ वर्षमुनिको महिला विश्वकपको तयारी गर्न नेपाली टोली चितवनमा
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – सशस्त्र प्रहरी बलले रौतहटबाट चार थान आधुनिक हतियार बरामद गरेको छ । इन्टेलिजेन्स ब्युरोले रौतहट यमुनामाई नगरपालिका–३ काे एक घरबाट आज आइतवार ९ एमएम पेस्तोल तीन नाल, त्यसमा प्रयोग हुने १३ थान गोली, छ थान म्याग्जिन र एक थान एअर गन बरामद गरेको हो ।
हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा ब्युरोले एक घरमा खानतलासी गरेको थियो । बरामद हतियारमध्ये दुई नाल पेस्तोल 'मेड इन यूएसए' र एक थान 'मेड इन इन्डिया' लेखिएको प्रहरीको भनाइ छ ।
हतियारसहित मोबाइलको सिम कार्ड, मोबाइल, शेख एजाज अहमदको नाममा जारी नागरिकतासमेत बरामद भएको छ । त्यस क्षेत्रमा थप 'अपरेशन' जारी रहेको प्रहरीको भनाइ छ । हतियार बरामदपछि स्थानीयले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेस देबाहिको गाडीको सिसा फुटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।