अस्थायी युद्धविराम सकिएसँगै इजरायल र हमासबीच फेरि युद्ध चर्कियो

 मंसिर १७, २०८० आइतबार १०:१०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्थायी युद्धविराम सकिएसँगै इजरायल र हमासबीच फेरि युद्ध चर्किएको छ । पछिल्लो दुई दिनमा इजरायलको गाजापट्टीमा गरेको आक्रमणमा परेर प्यालेस्टाइनका २ सय जना नागरिकको ज्यान गएको र ६ सय ५० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्यालेस्टाइनको विद्रोही समूह हमासले पनि इजरायलतर्फ आक्रमण बढाएको छ । हिजो कयौँ रकेटमार्फत हमासले आक्रमण गरेको खबरमा उल्लेख छ । इजरायलले अझै एक सय ३७ जना हमास समूहको बन्धकमा रहेको जनाएको छ । जसमा एक सय १५ जना वयस्क पुरुष र २० जना महिलासहित दुई जना बालबालिका रहेका इजरायलको भनाइ छ । 

यसैबीच, लेबनानको सीमा क्षेत्रमा इजरायल र इरान समर्थित हिजबुल्ला समूहबीच आक्रमण बढेको छ । हिजबुल्ला समूहले इजरायलतर्फ रकेट प्रहार गरेको छ । इजरायल र हमासबीच भइरहेको युद्धमा इरानले इजरायल विरुद्ध प्रतिक्रिया दिँदै आएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया