भारतको पाँच राज्यमा भएको विधानसभा चुनावबाट भाजपा अझै सशक्त

 मंसिर १८, २०८० सोमबार ७:५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको पाँच राज्यमा भएको विधानसभा चुनावमध्ये तीन वटामा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) विजयी भएको छ । हिन्दी भाषी क्षेत्रका प्रमुख तीन राज्य मध्यप्रदेश, राजस्थान र छत्तिसगढमा भाजपाले बहुमत प्राप्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी वर्ष हुने आमचुनावबाट लगातार तेस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका मोदीका लागि यो सुखद् सङ्केत भएको समाचारमा उल्लेख गरिएको छ । 

चुनावको नतिजापछि नयाँ दिल्लीमा रहेको भाजपाको मुख्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले केही व्यक्तिले यो चुनावलाई लिएर भारतलाई विभिन्न जातिमा विभाजन गर्न खोजे पनि त्यो सफल नभएको टिप्पणी गर्नुभयो । उहाँले आफ्ना लागि भारतमा नारी, युवा, किसान र गरीब परिवार गरी चार जाति रहेको र यी जातिलाई सशक्त बनाउन सकेमात्रै देश विकास हुने बताउनुभयो ।

यस्तै, भारतको तेलङ्गना राज्यमा भने कंग्रेस विजयी भएको छ । भारत राष्ट्र समिति बीआरएसलाई पराजित गर्दै तेलङ्गनामा कंग्रेस विजयी भएको हो । मिजोरममा भने आज मतगणना हुँदैछ । यसैबीच, तेलङ्गनाका मुख्यमन्त्री के. चन्द्रशेखर रावले पदबाट राजीनामा दिनु भएको छ । विधानसभा चुनावमा आफ्नो पार्टी भारत राष्ट्र समिति बीआरएसले हार व्यहोरे पछि उहाँले राजीनामा दिनु भएको हो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया